कौराहा (कौरा कौडा चुड्का) नृत्य मध्ये नेपाल स्थिती पहाडी भू–भागमा समुन्द्र सतहदेखि करीव ३५ सय फिटको उचाइमा वसोवास गरेका मगर जातिहरुको लोक प्रिय सामुहिक नृत्य हो । आदिवासीहरुको समुह मध्ये सवैभन्दा ठूलो जनसंख्यामा रहेको मगर जाति र विषेश गरी गण्डकी प्रदेश यसको मुख्य आधार भुमी हो । विभिन्न अभिलेख, घटनाक्रम, संस्कार, परम्पराहरु हेर्ने वा नियाल्ने हो भने कौराहा नृत्य मगरले सवैभन्दा मन पराइएको मौसमी नृत्य हो । विषेश गरी युवायुवती र सवै उमेर समूहका पुरुष र अविवाहित मगर महिलाहरु कौराहा नृत्यको प्रमुख पारखीहरु हुन । यसमा मगर पुरुषहरुले गित गाउदै खैजरी वजाएर र हाउभाउ सहित अविवाहित मगर युवतीहरुले भाग लिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *